शुक्रबार आयोजित कार्यक्रममा एशोसिएसनका महासचिव झलकप्रसाद खनालले महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई सो रकम हस्तान्तरण गरे ।
एशोसिएसनले बाढी र डुबान प्रभावितका लागि सहयोग गर्न विभिन्न विकास बैंक तथा अन्य वित्तीय संस्थाबाट रकम संकलन गरेको हो ।
सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले मुलुकमा दैवीप्रकोपमा परेको नागरिकलाई सहयोग गर्न एशोसिएसनले विभिन्न स्रोत परिचालन गरी रकम संकलन गरेकामा त्यसको सराहना गरे।
महासचिव खनालले सामाजिक उत्तरदायित्वअन्तर्गत एशोसिएसनले मुलुकका विभिन्न क्षेत्रमा सामाजिक गतिविधि गरेको जानकारी दिए ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य