निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा सुधार, ग्राहकको आर्कषण मुद्दतीमा

Sep 23, 2017 merolagani

चालु आर्थिक बर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन तथा कर्जा परिचालन दुवैमा सुधार देखिएको छ । राष्ट्र बैंकले सार्वजानिक गरेको तथ्याकं अनुसार वार्षिक बिन्दुगत आधारमा ०७४ साउनमा निक्षेप १५.३ प्रतिशत तथा कर्जा १७.९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.१ प्रतिशतले बढेको थियो । 

२०७४ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.८ प्रतिशत, ३५.३ प्रतिशत र ४३.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ४३.८ प्रतिशत र ३०.५ प्रतिशत रहेको थियो ।

त्यस्तै सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.७ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.१ प्रतिशत, विकास बैंकहरुको २.९ प्रतिशत र वित्त कम्पनीहरुको ०.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १७.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.७ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १.६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा ०.३ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा ०.९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६०.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ प्रतिशत र १५ प्रतिशत रहेको थियो ।

२०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २.४ प्रतिशत (रु. ४८ अर्ब ३ करोड) छ ।

समीक्षा अवधिमा हायर पर्चेज कर्जा १.१ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १.६ प्रतिशतले घटेको छ । यसैगरी समीक्षा अवधिमा रु. १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १.९ प्रतिशत र रियल स्टेट कर्जा ०.९ प्रतिशतले बढेको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।