युनियन लाईफ इन्स्योरेन्सले सुरु गर्यो कारोबार

Sep 23, 2017 merolagani

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले शुक्रबारबाट कारोबार आरम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले नयाँ बानेश्वरमा रहेको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको कर्पोरेट कार्यालयबाट कारोबार आरम्भ गरेका हुन् ।

दुई अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले सुरुवातमा २५ शाखा कार्यालयबाट व्यवसाय सुरुवात गर्ने जनाएको छ । कम्पनीले कम्पनी रजिष्टारको कार्यालयमा बैशाख २४ गते दर्ता भएको इन्स्योरेन्स बीमा समितिबाट असार २० गते इजाजत पाएको थियो भने असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको हो ।

शुक्रबार नै सन नेपाल लाईफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीका रुपमा कारोबार आरम्भ गरेको छ । यस अघि नै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा कम्पनीका रुपमा कारोबार सुरु गरिसकेको छ ।

मनोज कुमार लाल कर्ण प्रमुख कार्यकारी अधिकृत रहेका युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल सञ्चालक रहेका छन् भने जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हार्डवेयरको लगानी रहेको छ ।

जीबन बीमा क्षेत्रमा योजनाबद्ध र बृहत सोच सहित व्यवसाय प्रारम्भ गरेको यनियन लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी साबधिक जीवन बीमा योजना, साबधिक लघु जीवन बीमा योजना र बैदेशिक रोजगार जीबन बीमा योजना सार्वजनिक गरेको छ ।

कम्पनीले बीमा पहुँच अभिवृद्धि हुने तथा बीमा बजारको माग र आवश्यकता अनुसारको हुने नयाँ योजना ल्याउने र बीमा बजारमा स्थापित हुने लक्ष्य लिएको छ ।

बीमा समितिले ९ वटा जीबन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । आइएमर्इ, रिलायन्स, महालक्ष्मी, सानिमा, सन नेपाल, स्टार, सिटिजनस्, रिलायबल, ज्योति र युनियन लाइफ इन्स्योरेन्सलाई लाइसेन्स पाएका थिए ।

२०६४ सालदेखि नयाँ बीमा कम्पनीले लाइसेन्स पाएका थिएनन् । बीमा समितिमा नयाँ नेतृत्व आएसँगै १० वर्षपछि बीमाको पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ कम्पनीलाई लाइसेन्स दिइएको हो ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।