संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिन राष्ट्र बैंकको सुझाब

Sep 23, 2017 merolagani

गण्डकी विकास बैंकको शाखा पोखराको चाउथेमा
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा ध्यान दिन सुझाब दिएको छ । राष्ट्र वैकका कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थामा बढ्दो जोखिम न्यूनिकरण आवश्यक रहको बताएका हुन् ।

लेखनाथ महानगरपालिकास्थित चाउथेमा गण्डकी विकास बैंकको नयाँँ शाखा उद्घाटन गर्दे पौडेलले बैंक तथा वित्तीय संस्थाका शाखा नपुगेका ठाउमा शाखा खोल्न समेत आग्रह गरे । त्यस्तै उनले गण्डकी सवल र सक्षम विकास बैंक भएको बताउँदै उत्कृष्ट नतिजा समेत हासिल गर्न सफल भएको बताए।

गण्डकी विकास बैकले गत असोज ०६ गते देखि काठमाडौंको सामाखुसी र रुपन्देहीको अमुवा शाखावाट कारोवार शुभारम्भ गरेको छ । उल्लेखित शाखा सहित बंैकको ५५ वटा शाखा पुगेका छन् ।

निकट भविश्यमा नै विर्तामोड, विराटनगरबाट शाखा संचालन गर्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको भाबी योजना बारे जानकारी दिए।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।