मुक्तिनाथ विकास बैंकले एक सय रुपैंया अंकित मूल्यमा ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
साउन १९ गते विहीबारसम्म कायम सेयरधनीले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् । बैंकले हकप्रद प्रयोजनका लागि साउन २० गते सेयरधनी पुस्तिका बन्द गरेको थियो ।
बैंकको विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । लगानीकर्ताले एनआईबीएल क्यापिटलका साथै मुक्तिनाथ विकास बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसै गरी नेपाल इन्भेष्टभेन्ट बैंकको विराटनगर, नेपालगन्ज र धनगढी शाखाबाट पनि हकप्रद सेयरमा आवेदन गर्न सकिने बताइएको छ ।
बैंकको अहिले चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया रहेको छ । ४० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब १६ करोड हाराहारी पुग्ने छ ।
राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउ बैंकले ३५ करोड रुपैंया बराबरको बोनस बितरण गर्नु पर्ने हुन्छ । बैंकले गत आर्थिक वर्षमा ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ ।
अरुण फाइनान्सको शतप्रतिशत हकप्रद भर्ने अन्तिम म्याद असोज ८
अरुण फाइनान्सले निष्काशन गरेको हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद असोज ८ गते सोमबारसम्म रहको छ । फाइनान्सले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद भदौ ६ गतेदेखि निष्काशन गरेको थियो ।
फाइनान्सले एक सय रुपैयाँ अङ्कित दरको १५ लाख कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो ।
अरुण फाइनान्सले हकप्रदका लागि साउन ९ गते सेयरधनी किताब बन्द गरेकाले साउन ८ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद भर्न पाउनेछन् ।
कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकग्लोबल आईएकई क्यापिटल जमल, अरुण फाइनान्सको केन्द्रिय कार्यालय धरान सुनसरी, शाखा कार्यालयहरू हेटौंडा मकवानपुर, खाडिचौर सिन्धुपाल्चोक तथा ग्लोबल आईएमई बैंकको वीरगञ्ज, इटहरी, जनकपुर, कैलाली, पोखरा, नेपालगञ्ज, वुटवल शाखा कार्यालयबाट असोज ९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो ।
केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य