कैलाश विकास बैंकको लाभांशपछि चुक्तापूँजी पुग्ने, बोनस र नगद कति ?

Sep 24, 2017 merolagani

कैलाश विकास बैंक(KBBL) ले गतबर्षको कमाईबाट १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले सो प्रस्ताव गरेको हो । लाभांश वितरणपछि बैंकको पूँजी राष्ट्र बैंकले तोके बमोजिम हुनेछ ।

बैंकले १० प्रतिशत बोनस सेयर तथा ९.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  


बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

गत आर्थिक बर्षमा कैलाशले ५० करोड २६ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा कायम गरेको छ ।

बैंकको हाल २ अर्ब २९ करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । बोनसपछि बैंकको पूँजी दुई अर्ब ५२ करोड पुग्नेछ । राष्ट्र बैंकले राष्ट्रियस्तरका विकास बैंकलाई दुई अर्ब ५० करोड चुक्तापूँजी पुर्याउन निर्देशन दिएको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।