साना किसान बैंकले २५ प्रतिशत बोनस वितरण गर्ने

Sep 24, 2017 merolagani

साना किसान बिकास बैंक (SKBBL) ले गतबर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिबो बैठकले उक्त प्रस्ताव गरेको हो । साथै बैंकले कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ ।

बैंकले १२ करोड ५७ लाख रुपैयाँ बराबरको बोनस तथा ६६ लाख १९ हजार बराबरको नगद लाभांश बाड्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बैंकको चुक्ता पूँजी ५० करोड ३० लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनसपछि ६२ करोड ८७ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मा ३३ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेर प्रतिसेयर आम्दानी ६५ रुपैयाँ कायम गरेको छ । बैंकको खराब कर्जा ०.१० प्रतिशत, पूँजी कोष अनुपात १०.४ रहेको छ ।

 

 

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।