लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी सेयर कति कबुल्नेले प्राप्त गरे ?

Sep 24, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) ले भदौ २८ गतेदेखि असोज ६ गतेसम्म लिलामी गरेको ४२ हजार ८१५ कित्ता सेयरको बोलपत्र शुक्रबार खुला भएको छ ।

इन्स्योरेन्स कम्पनीको सेयर विक्री प्रबन्धक सि.बि.आई.एल क्यापिटलले दिएको जानकारी अनुसार ७५६ रुपैयाँ ७७ पैसा कबोल गर्नेले सेयर प्राप्त गरेका छन् । क्यापिटलले लिलामी सेयरमा आवेदन गरेका ६०८ जना आवेदकमध्ये ९१ जना आवेदकले सेयर प्राप्त गरेका छन् ।

इन्स्योरेन्सको लिलामी सेयरमा अधिकतम ९५० रुपैयाँसम्मको आवेदन परेको थियो । शतप्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी ७८ करोड रुपैयाँ पुगेको छ ।

बीमा समितिले दिएको निर्देशन अनुरुप कम्पनीले २०७५ असार मसान्तसम्म एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्नेछ । यसका लागि इन्स्योरेन्सलाई थप २२ करोड रुपैयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले गत आवमा १९ करोड नौं लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ९७ पैसा कायम गरेको छ । इन्स्योरेन्सको सेयर आइतबार प्रतिकित्ता ९१६ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

कम्पनीको जगेडा कोषमा १८ करोड ८१ लाख ३४ हजार रुपैयाँ तथा बीमा कोषमा ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।