नेपाल बैंकले लिलाममा राखेको डिप्रोक्सको सबै सेयर किन बिक्री भएन ?

Sep 24, 2017 Merolagani

नेपाल बैंकले बजार मूल्यको हाराहारीमा न्युनतम मूल्य तोकेर सेयर लिलाममा राखेका कारण डिप्रोक्स लघुवित्तको सबै सेयर बिक्री हुन सकेन । बजारमा साढे १२ सय रुपैंया हाराहारीमा नै सेयर पाइएका कारण ५१ हजार कित्ताभन्दा बढी सेयर बिक्री नभएको हो ।

बैंकले एक लाख ८० हजार ३७८ कित्ता सेयर न्युनतम एक हजार दुई सय रुपैंयाको दरमा लिलाममा राखेको थियो । बैंकले लिलाममा राखेको मध्ये एक लाख २८ हजार पाँच सय कित्ता हाराहारी सेयर मात्र बिक्री भएको हो । कुल १२७ जनाले शेयरकालागि अावेदन दिएका थिए । जसमध्ये ७ अावेदन रद्द हुँदा १२० ले उल्लेखित शेयर सकारेका हुन ।   

बजार मूल्यको हाराहारीमा नै लघुवित्तको सेयर लिलाममा राखेका कारण लगानीकर्ताको चाप नदेखिएको हो । केही आवेदकले एक हजार तीन सय रुपैंयाको दरमा लघुवित्तको सेयर सकारेको भए पनि अधिकांस सेयर एक हजार दुई सय रुपैंयाको हाराहारीमा नै बिक्री भएको बुझिएको छ ।

अब बैंकले फेरी बाँकी रहेको डिप्रोक्सको सेयर लिलाम गर्ने संकेत पाइएको छ । बैंकले सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा लघुवित्तको सेयर लिलाममा राखेको थियो । उल्लेखित सेयर लिलामीबाट नेपाल बैंकले १५ करोड ६० लाख रुपैंया बराबर आम्दानी गरेको छ । बाँकी सेयरबाट पनि बैंकले पाँच करोड बढी आम्दानी गर्ने आँकलन गरिएको छ ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने प्रकृयामा छ । तीन हजार ५० रुपैंया न्युनतम मूल्यमा उक्त सेयर बिक्री गरेर बैंकले साढे ६४ लाख रुपैंया आम्दानी गर्ने योजना बनाएको छ । उल्लेखित सेयर पनि सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा लिलाममा राखिएको हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।