रिडी हाईड्रोपावरले कार्तिक १० गते बोलायो साधारणसभा, ६ प्रतिशत बोनस प्रस्ताव

Sep 24, 2017 merolagani

रिडी हाईड्रो पावर (RHPC) ले कार्तिक १० गते शुक्रबार १६ औं बार्षिक साधारणसभा आह्वान गरेको छ । नेपाल प्रसासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा बिहान ११ बजे बोलाएको साधारण सभामा हाइड्रोले ६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाइड्रोले बोनसमा लाग्ने कर तिर्नका लागि ०.३१५७ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । त्यस्तै चुक्ता पूँजी वृद्धि गरि एक अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव छ । 

साधारणसभाका लागि कम्पनीले असोज ३० गतेदेखि कार्तिक ७ गतेसम्म सेयरधनी किताब बन्द गर्ने जनाएको छ । यसअनुसार असोज २९ गतेसम्म कायम रहेका सेयरधनीले साधारण सभामा सहभागि हुन र प्रस्तावित ६ प्रतिशत बोनस प्राप्त गर्न सक्नेछन् ।

जलविद्युत क्षेत्रको नियामक नभएका कारण कम्पनीले सिधै साधारण सभाबाट प्रस्तावित बोनस पारित गराएर बितरण गर्नेछ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।