रिलायबल माइक्रोको बोनस सुरक्षित गर्ने तथा अरुण फाइनान्सको हकप्रद भर्ने आज अन्तिम

Sep 25, 2017 merolagani

रिलायबल माइक्रोफाइनान्स कम्पनी (RMFL) ले प्रस्ताव गरेको २० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन परेको छ । त्यस्तै अरुण फाइनान्सको शतप्रति हकप्रद भर्ने पनि आजै अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १० गते सेयरधनी किताब बन्दगर्ने भएकाले असोज ९ गतेसम्म कायम रहेका सेयरधनी बोनस प्राप्त गर्न सक्नेछन् ।

रिलायबल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २९ गते साधारणसभा राखेको छ । रिलायबलले गत असार साउनमा बिक्री गरेको ५० प्रतिशत हकप्रदलाई हिसाब नगरी २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

रिलायवलले गत आर्थिक बर्षमा एक करोड १२ लाख रुपैयाँमा खुद नाफा गरेको थियो । हाल कम्पनीको पाँच करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको पूँजी ६ करोड ७८ लाख पुग्नेछ ।

 

अरुण फाइनान्सको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम म्याद

अरुण फाइनान्सले निष्काशन गरेको हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद असोज ८ गते सोमबारसम्म रहको छ । फाइनान्सले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद भदौ ६ गतेदेखि निष्काशन गरेको थियो ।

फाइनान्सले एक सय रुपैयाँ अङ्कित दरको १५ लाख कित्ता हकप्रद सेयर विक्रीमा ल्याएको हो ।
अरुण फाइनान्सले हकप्रदका लागि साउन ९ गते सेयरधनी किताब बन्द गरेकाले साउन ८ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद भर्न पाउनेछन् ।

कम्पनीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा विक्री प्रबन्धकग्लोबल आईएकई क्यापिटल जमल, अरुण फाइनान्सको केन्द्रिय कार्यालय धरान सुनसरी, शाखा कार्यालयहरू हेटौंडा मकवानपुर, खाडिचौर सिन्धुपाल्चोक तथा ग्लोबल आईएमई बैंकको वीरगञ्ज, इटहरी, जनकपुर, कैलाली, पोखरा, नेपालगञ्ज, वुटवल शाखा कार्यालयबाट असोज ९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हकप्रदपछि कम्पनीको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ । केही समय अगाडि मात्र समस्याग्रस्त संस्थाको सूचिबाट हटेर नियमित कारोबार थालेको फाईनान्सले राष्ट्र बैंकले दिएको निर्देशन अनुसार हकप्रदबाट चुक्ता पुँजी बढाउन लागेको हो ।

केन्द्रिय बैंकले तोकेको चुक्ता पूँजी पुर्याउन फाईनान्सलाई अझै ५० करोड रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।