नेपाल बैंकको स्वामित्वमा रहेको डिप्रोक्सको सेयर फेरि आयो लिलामीमा

Sep 25, 2017 merolagani

नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्त विकास बैंकको सेयर फेरि लिलामीमा राखेको छ । बैंकले शिलबन्दी बोलपत्र आह्वान गरी ५१ हजार ७५८ कित्ता साधारण शेयर लिलामीमा राखेको हो ।

यसअघि असोज ४ गतेसम्म एक लाख ८० हजार ३७८ कित्ता साधारण शेयर बोलकबोल बिक्री खुल्ला गरेको बैंकले उक्त लिलामीमा बिक्न नसकेको सेयर फेरि लिलामीमा राखेको हो। 

बजार मूल्यको हाराहारीमा न्युनतम मूल्य तोकेर सेयर लिलाममा राखेका कारण डिप्रोक्स लघुवित्तको सबै सेयर बिक्री हुन सकेको थिएन । फेरि पनि प्रतिकित्ता १२ सय रुपैयाँ नै न्यूनतम मूल्य तोकेको छ । आइतबार दोस्रोबजारमा लघुवित्तको सेयरमूल्य प्रतिकित्ता १२६६ रुपैयाँ कारोबार भएको थियो ।

बैंकले लघुवित्तको साधारण शेयर किन्न इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाले प्रतिकित्ता १२ सय रुपैयाँ भन्दा कम नराखी असोज २३ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

लिलामीको सेयरमा परेको शिलबन्दी बोलपत्र असोज २४ गते विहान ७ बजे बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने छ।

नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने प्रकृयामा छ । तीन हजार ५० रुपैंया न्युनतम मूल्यमा उक्त सेयर बिक्री गरेर बैंकले साढे ६४ लाख रुपैंया आम्दानी गर्ने योजना बनाएको छ ।

 

 

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।