शाखा विस्तारमा आक्रमक बन्याे एनसीसी बैंक, रामहिटी सिमलटारमा थप्यो नयाँ शाखा

Sep 25, 2017 merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले असोज ८ गते आईतबार काठमाण्डौं महानगरपालिका, वडा नं. ६, रामहिटी सिमलटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । असोज ६ गतेमात्र भक्तपुर सूर्यविनायकमा नयाँ शाखा खोलेको बैंकले शाखा विस्तारलाई तिब्रता दिएको हो ।

 

सिमलटार शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले गरेका हुन् । उक्त समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिमलटार क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पु-याउने उद्देश्यले बैंकको शाखा सञ्चालनमा ल्याएको बताए ।

शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि काठमाण्डौं महानगरपालिका, वडा नं. ६ का वडाअध्यक्ष दिपेन्द्र कुमार लामा, बैंक सञ्चालक समितिका सदस्य तथा अन्य आमन्त्रित उद्यमी, व्यवसायी तथा बैंकका पदाधिकारीहरुको उपस्थितिमा उक्त शाखाको समुद्घाटन कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।