८ बैंक तथा वित्तीय संस्था बिरुद्ध धितोपत्र बोर्डमा किन पर्यो उजुरी ?

Sep 25, 2017 Merolagani

एउटा वाणिज्य बैंक सहित दुई विकास बैंक, चार फाइनान्स कम्पनी तथा एउटा लघुवित्त कम्पनीलाई कार्वाहीको माग गर्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ ले गरेको व्यवस्थालाई उल्लंघन गरी लगानीकर्तालाई भ्रममा पारेको भन्दै आठ वटै संस्थालाई कार्वाहीको माग गरिएको छ ।

पाँच जना व्यक्तिले संयुक्त रुपमा हकप्रद निष्काशनमा धितोपत्र बोर्डलाई कम्पनीहरुले गिज्याएको भन्दै कार्वाहीको माग सहित सोमबार उजुरी दिएका हुन् । प्रबिन्द्रध्वज कुँवर, भरतप्रसाद वस्ती, उपेन्द्र पराजुली, अच्युतराज देवकोटा तथा माधवप्रसाद लामिछानेले दर्ता गरेको उजुरीमा वाणिज्य बैंक समुहको कुमारी बैंकलाई सूचीको पहिलो स्थानमा कार्वाहीको माग गरिएको छ ।

त्यसै गरी देव विकास बैंक, साझा विकास बैंक, जेविल्स फाइनान्स, पोखरा फाइनान्स, सिनर्जी फाइनान्स, सेती फाइनान्स र नागबेली लघुवित्तले हकप्रद निष्काशन गर्ने बहाना बनाएर धितोपत्र सम्बन्धि कानुनको उपहास गरेको आरोप उजुरीमा छ । साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गरेर लामो समयसम्म धितोपत्र बोर्डमा आवेदन नदिएको भन्दै उजुरीकर्ताहरुले बोर्डको ढोका घच्घच्याएका हुन् ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को परिच्छेद तीनको दफा १२ को उपदफा नौ र १० को अपहेलना गरिएको आरोप उजुरी दर्ता गर्नेले लगाएका छन् । निर्देशिकाको उल्लेखित उपदफामा कम्पनीहरुले हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित भए पछि अनिवार्य रुपमा कार्वान्वायन गर्नु पर्ने उल्लेख छ । साथै साधारण सभाले हकप्रद पारित गरेको दुई महिना भित्रमा धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन गरिसक्नु पर्ने व्यवस्थालाई निर्देशिकाले अनिवार्य गरेको छ ।

माथि उल्लेखित सबै कम्पनीहरुले निर्देशकामा भएको व्यवस्था पालना नगरेको भन्दै कार्वाहीको माग गर्दै बोर्डमा उजुरी परेको हो । अब धितोपत्र बोर्डले आफुले बनाएको व्यवस्था अनुसार काम नगर्ने कम्पनीहरुलाई के कस्तो कार्वाही गर्ला भन्ने चासो आम लगानीकर्तामा बढेर जानेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।