राष्ट्र बैंकमा कर्मचारीको अवधि ५८ वर्ष उमेर

Sep 26, 2017 merolagani

नेपाल राष्ट्र बैंकले कर्मचारीको तीसवर्षीय कार्यकाल सीमा हटाएर ५८ वर्ष उमेर कायम गरेको छ ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले तीसवर्षीय कार्यकालको व्यवस्था हटाएर थप रायसल्लाहका लागि लोक सेवा आयोगलाई पठाउने निर्णय गरेको प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

बैंकमा कार्यरत कर्मचारी भने ३० वर्षीय सेवावधि हटाउन नहुने पक्षमा थिए । निजामती सेवामा कर्मचारीको उमेर हद ५८ वर्ष रहेकाले समान बनाउने लक्ष्यका साथ बैंकले उक्त निर्णय गरेको हो । 

कर्मचारीको मागको सुनुवाइ गर्न बैठकले सञ्चालक समिति सदस्य रामजी रेग्मीको संयोजकत्वमा दुई डेपुटी गभर्नर र प्रवक्ता पौडेल सदस्य रहेको समितिसमेत गठन गरेको छ ।

उमेर हद हटाउँदा कर्मचारीको वृत्ति विकासमा पर्ने असरको न्यूनीकरणका लागि अध्ययन गर्न गठित समितिले राष्ट्र बैंकको प्रस्तावित संघीय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ ।

 सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।