बैंकले हाल कायम चुक्तापुँजीको दश प्रतिशत अर्थात दश बराबर एक कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । गत साउन २० गतेबाट दुई बैंक एक भई एकिकृत कारोबार थालेका बैंकले एकिकृत कारोबार पश्चात दश प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको थियो ।
हाल बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ । दश प्रतिशत हकप्रदपश्चात पनि बैंकको पूँजी अपुग हुन्छ । अपुग पूँजी बैंकले गतबर्षको मुनाफाबाट बोनस बाँडेर पुरा गर्नेछ ।
पोखराको कामना र बुटबलको सेवा विकास बैंक१ बराबर १ स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जरमा जानु अघि पनि कामना विकास बैंकको ३० प्रतिशत र सेवाले १२० प्रतिशत हकप्रद सेयर बिक्री गरेका थिए ।
गत आर्थिक वर्षमा कामनाले १७ करोड ६५ लाख खूद नाफा गर्दा सेवाले पनि १७ करोड २८ लाख नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य