Tue, Mar 26, 2024
नेपाल स्टक एक्सचेञ्जले सेयर दालाल नम्बर १३ को थ्राइभ ब्रोकरेजलाई तीन कार्य दिनका लागि सेयर कारोबारमा बन्देज लगाएको छ । नेप्सेले समयमा राफसाफ नगरेको भन्दै थ्राइभलाई तीन दिनका लागि निलम्बन गरेको हो ।
समयमा सेयर किनबेच गरेको रकम तीन कार्य दिनमा भुक्तान नगर्ने दलाललाई यसरी निलम्बन गर्ने गरिन्छ ।नक्सालमा कार्यालय रहेको सेयर दलालबाट सेयर कारोबार गरिरहेका लगानीकर्ता अबको तीन दिनसम्म सो ब्रोकरबाट सेयर कारोबार गर्न पाउने छैनन् ।
यस अघि राफसाफ नगराउने दलाललाई सात कार्य दिनका लागि निलम्बन गर्ने गरिएकोमा केही समय अघि देखि तीन दिनका लागि मात्र निलम्बन गर्न थालिएको हो ।
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।