चिलिमे कम्पनीले पायो ५८५ मेगावाट क्षमताका दुई आयोजनाको अनुमति

Sep 26, 2017 rss

स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनी (CHCL) ले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ ।

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो ।

कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् ।

रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४।८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्यौलमा थियो ।

कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य रु ७९८ पुगेको छ ।

नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैँलगत्तै शुरु गर्ने जनाएको छ ।

यस्तै १११ मेगावाटको र रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, साढे ४२ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् ।

विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगण्डकी प्रोक र गत असोज १ गते सेती नदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी दिए ।

दशैँलगत्तै यी दुई आयोजनाको अध्ययन शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताए । उहाँले निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य समेत बढ्न जाने र शेयर बजारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ भने ।

सरकारको बास्केटमा रहेका बूढीगण्डकी प्रोक र सेती नदी तेस्रो आयोजना पहिले आवेदन दिएको आधारमा विभागले कम्पनीलाई दिएको हो । कम्पनीका अनुसार बूढीगण्डकी नदी प्रवाहमा आधारित आयोजना हो भने सेती अर्धजलाशय९पिआरओआर० ढाँचाको परियोजना हो ।

ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन शुरु गरेर निर्माण शुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरकफरक कम्पनी स्थापना गर्नेछ ।

कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगण्डकी प्रोकको लागत रु ५० अर्ब र सेतीको रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य


–––

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।