नबिल बैंकले गत आर्थिक वर्षको कमाईबाट ३० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । योसँगै बैंकको चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुगेको छ । बैंकको मंगलबार सम्पन्न ३३ औं वार्षिक साधारण सभाले बोनसका साथै १८ प्रतिशत नगद लाभांस विबतरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।