प्रोग्रेशिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद बिक्री गर्ने

Sep 26, 2017 merolagani

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड चुक्तापूँजी पुर्याउने क्रममा २८१ प्रतिशत हकप्रद बिक्रीको प्रक्रिया अगाडि बढाएको छ । लगानीकर्तालाई हकप्रदको भारी बोकाएर फाइनान्सले राष्ट्र बैंकको पूँजी वृद्धि योजनालाई पुर्णता दिन लागेको हो ।

 

फाइनान्सले हकप्रद निष्कासन तथा बिक्री गर्न सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निष्कासन सबन्धी सम्झौतामा फाइनान्सकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल हुमागांई र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

फाइनान्सको गत जेठ २ गते बसेको विशेष साधारणसभाले २८१ प्रतिशत अर्थात१ बराबर २.८१ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यो प्रस्ताव अनुसार अहिले फाइनान्सको एक सय कित्ता सेयर हुनेले दुई सय ८१ कित्ता हकप्रद भर्नु पर्ने हुन्छ ।

फाइनान्सले एक सय रुपैयाँ दरले ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता सेयर बिक्री गर्नेछ ।

कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी छ हकप्रदपछि चुक्तापूँजी ८० करोड रुपैयाँ नाघ्नेछ ।
फाइनान्सले मर्जर तथा एक्विजिशनका साथै हकप्रदको प्रस्ताव विशेष साधारण लगेको थियो । तर अहिले फाइनान्सले हकप्रदकै बाटो रोजेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।