एनबी इन्स्योरेन्सले पारित गर्यो ८० प्रतिशत हकप्रद, १९ शाखा बिस्तार गर्ने

Sep 26, 2017 Merolagani

नाम परिवर्तनको प्रस्ताव पनि पारित
बीमा समितिले तोकेको पूँजी पुर्याउने क्रममा एनबी इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ । इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभाले एनबी इन्स्योरेन्सको नाम परिवर्तन गरी आईएमई जनरल इन्स्योरेन्स लिमिटेड बनाउने प्रस्ताव पनि पारित गरेको छ ।

यस अघि शतप्रतिशत हकप्रद निष्काशन गरी ५४ करोड रुपैंया चुक्ता पूँजी बनाएको इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी ९७ करोड २० लाख रुपैंया पुर्याउन लागेको हो । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको एक अर्ब चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले थप तीन करोड पूँजी वृद्धि गर्नु पर्ने हुन्छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ ले गरेको व्यवस्था अनुसार इन्स्योरेन्सले साधारण सभा सम्पन्न भएको मितिले दुई महिना भित्र हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिनु पर्ने हुन्छ ।

साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ । अब कम्पनीले आईएमई जनरल इन्स्योरेन्सका नामबाट सेवा प्रवाह गर्नेछ । अघिल्लो साधारण सभामा नै नाम परिवर्तन गर्ने तयारी गरेकोमा आन्तरिक कारणले नाम परिवर्तन हुन सकेको थिएन । कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृत गरे पछि कम्पनीले औपचारिक रुपमा नाम परिवर्तन गर्नेछ ।

मुख्य कार्यालय सहित २२ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय र ८ वटा सेवा काउण्टर गरी कूल ३२ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको बीमा कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा १९ शखा थप गर्ने तयारी गरेको छ । सो पश्चात सात प्रदेशमा ५१ शाखाबाट आक्रामक रुपमा बीमा व्यवशाय अघि बढाउने लक्ष्य कम्पनीले लिएको छ । आगामी पाँच वर्षमा उत्कृट बीमा कम्पनीका रुपमा स्थापित हुने लक्ष्य सहित इन्स्योरेन्सले यस्तो योजना बनाएको हो ।

असोज ७ गतेसम्ममा झण्डै १४ करोड रुपैंयाको प्रिमियम संकलन गरेको कम्पनीले ७३ करोड ६७ लाख रुपैंया लगानी गरेको जनाएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।