नबिल इक्विटी फण्डको प्रतिइकाई खुद सम्पत्ति २३ पैसाले घट्यो

Sep 27, 2017 merolagani

नबिल इक्विटी फण्ड (NEF) को भदौ महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनको भन्दा २३ पैसाले घटेको छ । साउनमा ९ रुपैयाँ ९९ पैसा रहेको फण्डको प्रतिएकाई मूल्य ९ रुपैयाँ ७६ पैसामा झरेको हो ।

४७ सूचीकृत कम्पनीको ६ लाख ८७ हजार ७८ कित्ता सेयर होल्ड गरेको इक्विटी फण्डको सूचीकृत सेयरमा ३ करोड ६ लाख ९५ हजार ९४० रुपैयाँ लगानी घटेर भदौ मसान्तमा ६४ करोड २२ लाख ४९ हजार ५६२ रुपैयाँ कायम भएको भएको छ ।

सामूहिक लगानी कोषले १२ करोड ५० लाख इकाई सर्वसाधारणमा जारी गरेको छ । फण्डको खुद सम्पत्ति समेत २ करोड ८३ लाख ७६ हजार रुपैयाँ घटेर एक अर्ब २१ करोड ९८ लाख २७ हजार २३ रुपैयाँमा झरेको छ । उसको बैंक मौज्दात करोड २९ लाख ७१ हजार ७६४ रुपैयाँले घटेको छ । भदौ समान्तमा फण्डसँग ४१ करोड ८४ लाख २० हजार ९९६ रुपैयाँ बैंक मौज्दात रहेको छ ।

नबिल इक्विटी फन्डले नागरिक लगानी कोषको १४ हजार २६३ कित्ता सेयरमा ५ करोड ३१ लाख ८६ हजार ७२७ रुपैयाँ लगानी गरेको छ भने नेपाल टेलिकमको ४५ हजार ३०० कित्ता सेयरमा ३ करोड २२ लाख ५३ हजार ६०० रुपैयाँ लगानी छ ।

सूचीकृत, सूचीकृत नभएका सेयर, डिवेञ्चर तथा मुद्धत्ती निक्षेप समेत गरि योजनाले भदौ मसान्तसम्म गरेको लगानीको परलमूल्य  धिताेपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत गरि ८४ करोड ६४ लाख ४ हजार ८६२ रुपैयाँ रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।