एनआईबिएल म्युचुअल फण्डले सञ्चालन गरेका दुई म्युचुअल फण्डको सेयर लगानीको बिवरण हेर्नुहोस्

Sep 28, 2017 merolagani

इन्भेष्टमेन्ट बैंकको प्रबद्धर्न तथा एनआईबिएल क्यापिटल व्यवस्थापक रहेको एनआईबिएल समृद्धि  (NIBSF1) तथा प्रगति फण्ड (NIBLPF) दुबैको भदौ महिनाको प्रतिईकाइ खुद सम्पत्ति मूल्य सार्वजनिक भएको छ ।

एनआईबिएल समृद्धि फण्ड १ को साउन मसान्तको तुलनामा भदौ मसान्तमा दुबै फण्डको प्रतिएकाई खुद सम्पत्ति मूल्य खस्किएको छ । समृद्धि फण्डको दुई रुपैयाँ तीन पैसाले घटेर १२ रुपैयाँ ८९ पैसा र प्रगति फण्डको ५१ पैसाले घटेर नौं रुपैयाँ ६२ पैसा कायम भएको हो । गत साउन मसान्तमा समृद्धि फण्डको १५ रुपैयाँ १९ पैसा र प्रगति फण्डको १० रुपैयाँ १३ पैसा प्रतिइकाइ खुद सम्पत्ति मूल्य रहेको थियो । 

भदौ मसान्तमा समृद्धि फण्डको ८० सूचीकृत कम्पनीको सेयरमा ९८ करोड ६३ लाख ९७ हजार ५०१ रुपैयाँको लगानी गरेको छ । फण्डको लगानी साउन महिनाको तुलनामा भदौमा ६ करोड २५ लाख ६९ हजार ७५४ रुपैयाँले घटेको हो । उसको बैंक मौज्दात १४ करोड एक लाख ८३ हजार ८६९ रुपैयाँले घटेको छ । भदौ समान्तमा फण्डसँग २० करोड ७० लाख ३३ हजार ४९४ रुपैयाँ बैंक मौज्दात रहेको छ । सामूहिक लगानी कोषले १० करोड इकाई सर्वसाधारणमा जारी गरेको छ ।

उता प्रगति फण्डले भदौ मसान्तसम्ममा ५५ सूचीकृत कम्पनीको सेयरमा ५९ करोड ६५ लाख ६३ हजार ८२ रुपैयाँको लगानी गरेको छ । फण्डको लगानी भने साउन महिनाको तुलनामा भदौमा ४ करोड २६ लाख २७ हजार ९७४ रुपैयाँले बढेको छ । सेयरमा लगानी बढेपछि उसको बैंक मौज्दात ९ करोड ७३ लाख ४२ हजार ११२ रुपैयाँले घटेको छ ।

भदौ समान्तमा प्रगति फण्डसँग १२ करोड १० लाख ९९ हजार २४६ रुपैयाँ बैंक मौज्दात रहेको छ । सामूहिक लगानी कोषले ७ करोड ७५ लाख इकाई सर्वसाधारणमा जारी गरेको छ ।

एनआईबिएल समृद्धि फण्डले एशियन लाईफ इन्स्योरेन्सको २७ हजार ९३१ कित्ता सेयरमा सबैभन्दा बढी ४ करोड १९ लाख ८० हजार २९३ रुपैयाँ लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ को सामूहिक लगानी कोषको सबैभन्दा बढी १५ लाख ६४ हजार इकाइमा तीन करोड २६ लाख २५ हजार ४० रुपैयाँको लगानी छ ।

एनआईबिएल प्रगति फण्डले नेशनल लाईफ इन्स्योरेन्सको २१ हजार २९९ कित्ता सेयरमा सबैभन्दा बढी ३ करोड ९४ लाख ०३ हजार १५० रुपैयाँ लगानी गरेको छ । त्यस्तै सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको सामूहिक लगानी कोषको सबैभन्दा बढी एक लाख १९ हजार ९०० इकाइमा १३ लाख ७१ हजार ६५६ रुपैयाँको लगानी छ ।

सूचीकृत सेयर, सूचीकृत नभएका सेयर, डिवेञ्चर तथा मुद्धत्ती निक्षेप समेत गरि भदौ मसान्तसम्म गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन तथा कारोबार शुल्क समेत गरि प्रगति फण्डको ९६ करोड ४५ लाख ३५ हजार ९१३ रुपैयाँ र प्रगति फण्डको ६४ करोड ९१ लाख ३१ हजार ९७९ रुपैयाँ रहेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।