इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 03, 2017 merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले गत बर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ४० प्रतिशत लाभांश सूरक्षित गर्ने मंगलबार अन्तिम हो । बैंकले बुधबार सेयरधनी किताब बद गर्ने भएकाले मंगलबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्भेष्टमेन्ट बैंकले कात्तिक ७ गते बोलाएको ३१ औं वार्षिक साधारण सभाले बैंकले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर तथा २५ नगद लाभांश पारित गर्नेछ ।

राष्ट्रिय सभा गृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बज बोलाईएको सभाले संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालक निर्वाचन समेत गर्नेछ ।

गत आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंकले तीन अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६८ पैसा कायम गरेको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुग्नेछ । बैंककाे सेयर प्रतिकित्ता ७६० रूपैयाँ हाराहारीमा नेप्सेमा काराेबार भइरहेकाे छ । 

 

......{इन्भेष्टमेन्ट बैंकले तोक्यो बुक क्लोज, कहिलेसम्म सेयर किनेकाले पाउँछन् बोनस ?}...

.....{इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा }...

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।