भोलिदेखि सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर खुल्दै, यसरी गर्नुहोस् आवेदन

Oct 03, 2017 Merolagani

इटहरीमा केन्द्रिय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्सले दशैं सकिए लगत्रै साधारण सेयर निष्काशन गर्दैछ । लघुवित्तले भोलि अर्थात बुधबारदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता आईपिओ निष्कासन गर्ने भएको हो ।

माइक्रोफाइनान्सको आईपीओ असोज १८ गतेदेखि निष्कासन हुनेछ भने छिटोमा असोज २३ गते बन्द हुने जनाइएको छ । कुल एक लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यसै गरी पाँच प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । (संस्थाले साधारण सेयरमा आवेदन गर्न नपाउने, तर सामुहिक लगानीकोषले किन पाउने ? अर्को सामग्री केहीबेरमा प्रकाशित हुनेछ ।)

लघुवित्तको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकत्म ९०० कित्तासम्म आवेदन गर्न पाइनेछ । धितोपत्र बोर्डबार्ट आश्वा सेवा स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुका सबै शाखाबाट कम्पनीको आईपिओमा आवेदन गर्न सकिनेछ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

अब पचहत्तरै जिल्लाबाट आस्बा प्रणालीको सहायताले यसरी गर्नुहोस् साधारण सेयरमा सजिलै आवेदन

हाल चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ साउनदेखि सञ्चालनमा छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तिय संस्थाले गत आर्थिक बर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको थियो । उसको जगेडाकोषमा ३१ लाख १९ हजार रुपैयाँ सञ्चित छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।