९ कम्पनीको ४ करोड १८ लाख कित्ता हकप्रद कहिलेसम्म भरिसक्नुपर्छ ?

Oct 04, 2017 merolagani

सेयर बजारमा हाल एक बाणिज्य बैंक सहित ९ कम्पनीले चार करोड १८ लाख एक हजार ६८१ कित्ता हकप्रद जारी गरिरहेका छन् । जारी भैरहेको हकप्रद भर्ने अन्तिम म्याद छिटोमा असोज २१ गतेदेखि ढिलोमा कार्तिक २१ गतेसम्म रहेको छ ।

सेयर बजारमा चार करोड कित्ता हकप्रद सेयर जारी हुँदा हकप्रद भर्ने रकम सेयर बजारबाट नै बाहिरिने निश्चित छ । यसले एक महिनाको अवधिमा चार अर्ब रुपैयाँ रकम सेयर बजारबाट हकप्रद भर्नका लागि नै प्रयोग हुने अवस्था देखिन्छ । पछिल्लो समय पूँजी वृद्धिको चटारोमा सबैजसो कम्पनीहरुले हकप्रद सेयर जारी गर्दा सेयर बजारले लाभांशको समयमा समेत अपेक्षित उचाई लिन सकिरहेको छैन । 

असोज मसान्तसम्ममा काबेली विकास बैंक, सिन्धु विकास बैंक, मेगा बैंक र जनरल फाइनान्स कम्पनी गरि चार कम्पनीको हकप्रद सेयर विक्री बन्द हुनेछ भने अन्य पाँच कम्पनीको हकप्रद कार्तिकमा बन्द हुनेछ । हकप्रदमा सम्बन्धित कम्पनीका साथै सेयर बिक्री प्रबन्धकको साथै अन्य तोकिएको स्थानबाट हकप्रद भर्ने प्रबन्ध मिलाईएको हुन्छ ।

 

तपाईले कुन कम्पनीकाे कति कित्ता हकप्रद भर्न पाउनुहुन्छ तलको लिङ्कबाट यकिन गर्नुहोस् ।

काबेली विकास बैंकको हकप्रद कति भर्नुपर्छ यहाँबाट थाहा पाउनुहोस्

सिन्धु विकास बैंकको हकप्रद कति भर्नुपर्छ यहाँबाट थाहा पाउन सक्नुहुन्छ

मेगा बैंकको हकप्रद कति भर्ने यहाँबाट थाहा पाउनुहोस्

जनरल फाइनान्सको हकप्रद कति भर्नुपर्छ यहाँबाट यकिन गरि निश्चिन्त हुनुहोस्

समिट माईक्रोफाइनान्सको हकप्रद कति भर्नुपर्छ यहाँबाट थाहा पाउनुहोस्

जेबिल्स् फाइनान्सको हकप्रद कति भर्ने भनेर अन्यौलमा हुनुहुन्छ ? यहाँबाट थाहा पाउनुहोस्

आरएसडिसी लघुवित्तको हकप्रद तपाईले कति भर्न पाउनुहुन्छ ? यस लिङ्कबाट थाहा पाउनुहोस्

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।