इन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत बोनसपछि कतिमा भयो मूल्य समायोजन ?

Oct 04, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बुधबार नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन भएको हो । जस अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य ६६४ रुपैयाँ कायम भएको छ ।



नेप्सेका अनुसार इन्भेष्टमेन्ट बैंकको आधारमूल्य भने ७५८ रुपैयाँ रहेको छ । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतितश बोनस तथा २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ ।

यस्तै बैंकको संस्थापक सेयरको पनि बोनसपछिको मूल्य समायोजन भएर प्रतिकित्ता ५८० रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ ।

बैंकले प्रस्तावित लाभांश पारित गर्न कात्तिक ७ गते ३१ औं वार्षिक साधारण बोलाएइको छ । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर 

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।