नेपाल कम्युनिटी र बरुण हाईड्रोको सेयर मूल्य समायोजन

Oct 04, 2017 merolagani

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB) र बरुण हाईड्रोपावर (BRUN) को सेयरमूल्य बुधबार समायोजन भएको छ । कम्युनिटीको १२० प्रतिशत हकप्रद र बरुण हाईड्रोपावरको ५ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

नेपाल स्टक स्टक एक्सचेञ्जले जनाए अनुसार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले जारी गर्न लागेको १२० प्रतिशत हकप्रदपछि बैंकको समायोजित सेयरमूल्य १९६ रुपैयाँ कायम भएको छ । यसअनुसार बुधबार बैंकको सेयर कारोबार १९६ रुपैयाँमा खुल्नेछ । बैंकको १८० दिनको सेयरमूल्यका आधारमा बैंकको औसत सेयरमूल्य २२८ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।

त्यस्तै बरुण हाईड्रोपावर कम्पनीले गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको ५ प्रतिशत बोनस सेयरलाई समायोजन गर्दा कम्पनीको समायोजित सेयरमूल्य २०९ रुपैयाँ कायम भएको छ । यसअनुसार बरुणको सेयर कारोबार पनि बुधबार २०९ रुपैयाँमा कारोबार खुला हुनेछ ।कम्पनीको १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य १५४ रुपैयाँ निर्धारण भएको नेप्सेले जनाएको छ ।

.....{कम्युनिटी डेभलपमेन्टको १२० प्रतिशत हकप्रद असोज २६ देखि बिक्रीमा आउने }...

....{नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२०% हकप्रद मंगलबारसम्म कायम सेयरधनीले मात्र पाउने}....

...{बरुण हाइड्रोपावरले ५ % बोनसपछि शतप्रतिशत हकप्रद ल्याउने, असोज २७ मा बोलायो साधारण सभा}....

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।