वाम एकतालाई नेप्सेको लालझण्डा !

Oct 04, 2017 merolagani

दशैँपछिको  दोस्रो दिनको सेयरबजार राताम्मे भएको छ । दशैँपछिको पहिलो कारोबार दिन मंगलबार करिब सात अंकले बढेको नेप्से दोस्रो दिन बुधबार एक बजेसम्म साढे सात अंक बढीले घटेको छ भने सबै सूचक राताम्मे बनेका छन् ।

अघिल्लो दिन मात्र नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै नयाँ शक्ति नेपालले आगामी निर्वाचनमा कार्यगत एकता र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए ।

तर यो घोषणाले सेयरबजारका लगानीकर्तामा भने उत्साह जगाउन सकेन । साना साना राजनैतिक घटनाहरुले पनि आवश्यकता भन्दा बढी प्रभावित हुने गरेको नेपालको सेयरबजारले वाम एकतालाई नरुचाएको विश्लेषण समेत गर्न थालिएको छ ।

तर अझैपनि दशैँ नसकिसकेकाले धेरैजसो लगानीकर्ताहरु बजारमा नपुगेको अवस्थाले बजार नकारात्मक बनेको अर्काथरीको भनाई छ ।

बुधबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से दुई घण्टाको अवधिमा साढे सात अंक ओरालो लागेको छ भने कारोबारमा आएका अधिकासं समूहको उपसूचक घटेको छ । यसबिचमा १२ करोड बराबरको सेयर कारोबार भएको छ । 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।