इस्लामाबादकी एक गृहिणी नसरीन आफताबले भनिन्, हामी दैनिक सय रुपैयाभन्दा बढी खर्च गर्न सक्दैनौ । घरमा ६ जना मानिसहरुको भोजनमा दुई सयदेखि पाँच सय रुपैयासम्म खर्च हुने गर्दछ । यसमा कहिलेकाहीँ माछा, मासु, दाल र तरकारी पनि बन्ने गर्दछ । यस्तो हालतमा ३ सय रुपैयाको यस्तो महंगो गोलभेडा किन्न सम्भव नै छैन ।
अर्की एक गृहिणी फिशा भन्छिन्, गोलभेडाले हाम्रो पुरै वजेटलाई नै प्रभावित पारेको छ । यसले खानाको स्वाद बढाउने गर्दछ । यदि गोलभेडा भएन भने बच्चाहरुले खाना नै खादैनन । हामीले आफ्नो खर्च घटाएर भएपनि थोरै गोलभेडा किनिरहेका छौँ ।
उनीहरु जस्ता हरेक गृहिणीहरु गेलभेडाको यस्तो आकासिएको मूल्य नियन्त्रण गर्नका लागि सरकारसँग माग गरिरहेका छन् । बजार अनुसन्धानकर्ताहरुले गोलभेडाको मूल्य यति धेरै आजसम्म नदेखिएको र छिट्टै नै यसको नियन्त्रण जरुरी रहेको बताएका छन् ।
अल पाकिस्तान फ्रुट एण्ड भेजिटेबल बजारका अध्यक्षका अनुसार, गोलभेडा पाकिस्तानमा सबैभन्दा बढी प्रयोग गरिने तरकारीमध्येको एक हो । एक अनुमानका अनुसार देशमा प्रतिदिन दुई हजार टन बराबरको गोलभेडा खपत हुने गरेको छ ।
उनले भने, ‘तर दुर्भाग्यवश पछिल्लो सिजनमा सिंध सुबेको दुई जिल्लामा गोलभेडाको खेती नराम्रोसँग बिग्रिएकाले यस्तो समस्या देखिएको हो । तर यदि अफगानिस्तानले गोलभेडाको निर्बाध रुपमा आपूर्ति गर्ने हो र सीमाना बन्द हुदैन भने उक्त मूल्य धेरै नै कम हुन सक्नेछ ।’
सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर
१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य