अघिल्लो बर्ष कम्पनीले दश प्रतिशत बोनस र दश प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमतिपछि कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
आरएमडिसीले ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस तथा १० करोड ३८ लाख बराबरको नगद लाभांश वितरण गर्नेछ ।
६९ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत बर्ष २१ करोड कमाएर ३० रुपैयाँ प्रति सेयर आम्दानी कायम गरेको थियो । बोनसपछि कम्पनीको पूँजी ६२ करोड १७ लाख रुपैयाँ पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको थोक कर्जा प्रबाह गर्ने लघुवित्तको चुक्ता पूँजी ६० करोड हुनुपर्ने गरी तोकेकोमा यसअघि नै आरएमडीसीले तोकेको पूँजी पुर्याइसकेको छ । कम्पनीको जगेडाकोषमा मात्रै एक अर्ब ३१ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................