तीन कम्पनीको लिलामीको सेयर बोलकबोल गर्ने आज अन्तिम दिन

Oct 08, 2017 merolagani

आइतबार तीन कम्पनीहरुको बोलकबोलद्धारा लिलामीमा शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ । बोलकबोलद्धारा सेयर खरीद गर्ने सकिने कम्पनीहरुमा सनराईज बैंक (SRBL) , कामना सेवा विकास बैंक (KMBL) र गोर्खाज फाइनान्स(GUFL)  कम्पनी रहेका छन् ।

 

तीनै कम्पनीको विक्री प्रबन्धकको कार्यालयमा आईतबार कार्यालय समयभित्र लगानीकर्ताले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

सनराइज बैंकले हकप्रदमा अवितरित सर्वसाधारण र संस्थापक समूह गरि कुल ७ लाख १० हजार ७४३ कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमध्ये ७२ हजार ६१२ कित्ता संस्थापक र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण तर्फको सेयर रहेको छ । 

बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म ३० प्रतिशत बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित सेयर लिलामीमा ल्याएको हो ।

बोलपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिने क्यापिटलले जनाएको छ । बैंकले गत बर्ष एक अर्ब १६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएर प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा कायम गरेको छ । बैंकको सेयर बुधबार प्रतिकित्ता ३१७ रुपैयाँमा कारोबार भएको छ । लिलामीमा सेयर पाउनेले बैंकले वितरण गर्ने १५ प्रतिशत बोनस समेत पाउनेछन् ।

त्यस्तै कामना विकास बैंकले पनि हकप्रदमा अवितरित ४५ हजार ४८७ कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले २७ हजार १२० कित्ता संस्थापक सेयर र १८ हजार ३६७ कित्ता साधारण सेयर लिलाम बढाबढमा राखेको हो ।

यसअघि पनि बैंकले सेयर लिलामी खुला गरेपनि सबै सेयरमा आवेदन नपरेपछि फेरी असोज ८ गतेदेखि लिलामीमा ल्याएको हो । लगानीकर्ताले कामना सेवा बैंकको केन्द्रीय कार्यालय पोखरा र विक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा बुझाउन सक्नेछन् ।

बोलपत्र बिक्री प्रबन्धकको कार्यालयमा असोज २५ गते बिहान १० बजे खोलिने क्यापिटलले जनाएको छ । बैंकको सेयर बुधबार प्रतिकित्ता २१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

उता गोर्खाज फाइनान्सले चार लाख २४ हजार ४२० कित्ता संस्थापक सेयरमा लिलामी आवेदन खुला गरेको हो । इच्छुक लगानीकर्ताले फाइनान्सको सेयर विक्री प्रबन्धक एनआइबीएलमा आईतबार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाटमा खुला गरिने क्यापिटलले जनाएको छ ।

७६ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको गोर्खाजले गत आर्थिक वर्षमा १३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा कायम गरेको छ । फाइनान्सको सेयर प्रतिकित्ता १९२ रुपैयाँमा बुधबार नेप्सेमा कारोबार भएको छ ।

लिलामीको आएको तीन वटै कम्पनीको साधारण सेयरमा प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरि न्यूनतम एक सय कित्ता वा १० ले भाग जानेगरि सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरमा भने एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।