काबेली विकास बैंकले हकप्रदमा आवेदन गर्ने म्याद बढायो

Oct 08, 2017 merolagani

काबेली विकास बैंक (KEBL) ले निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन गर्ने म्याद थप गरेको छ । बैंकले गत भदौ १८ गतेदेखि २ः१ अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको थियो । नयाँ सूचना अनुसार बैंकको हकप्रदमा कात्तिक १५ गतेसम्म आवेदन गर्न सकिनेछ ।

यसअघि बैंकले असोज २१ गतेसम्म आवेदन गर्न पाइने जनाएको थियो ।

बैंकले दुई बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको तीन लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ ।

काबेलीको सेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रदमा साउन १८ गतेसम्म कायम सेयरधनीले बिक्री प्रबन्धकको कार्यालय जमल तथा काबेली विकास बैंकको रजिष्टर्ड कार्यालय धनकुटा, शाखा कार्यालयहरु हिले, बुधबारे, राजारानी र सिधुवाबाट पनि आवेदन दिन पाइनेछ ।

त्यस्तै ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगञ्ज र बुटवल शाखाबाट समेत कात्तिक १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

सात करोड एक लाख रुपैयाँ चुक्ता पूँजी रहेको काबेलीको हकप्रदपछि १० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । गत आर्थिक वर्षमा बैंकले दुई करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३३ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।