गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद कात्तिक १२ गतेदेखि खुल्ने

Oct 08, 2017 merolagani

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लिमिटेड (GMFIL) ले कात्तिक १२ गते देखि हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ४० प्रतितशत अर्थात १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री गर्न लागेको हो ।



गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
शेयरधनीहरुले एनआईबिएल क्यापिटलका साथमा गुहेश्वरी मर्चेन्टका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका चिप्लेढुङ्गा पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रदमा मंसिर १८ गतेसम्म आवेदन गर्न पाइनेछ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।
असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् । फाइनान्स सञ्चालक समितिले असोज २७ गते सेयरधनी किताब बन्द गर्ने निर्णय छ ।

गत आर्थिक वर्षमा १२ करोड ९२ लाख रुपैंया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २६ रुपैंया २० पैसा कायम भएको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।