अमेरिकाले सुडानमाथि विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाएपछि इजिप्टद्वारा स्वागत

Oct 08, 2017 ap

 अमेरिकाद्वारा सुडानमाथि विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ । शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको शुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ ।

इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला बर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।

वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दावी छ ।

यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो । तर इजिप्टले भने सो आरोपको खण्डन गर्दै आएको छ ।

सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।