महुली लघुवित्तको ५० प्रतिशत बोनसपछि ५० प्रतिशत हकप्रदको झट्का

Oct 08, 2017 merolagani

महुली लघुवित्त (MSLB) ले गत आर्थिक बर्षमा कमाएको नाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनसको साथै १० प्रतिशत नगदकाे अार्कषक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त कम्पनीको असोज २१ गते सम्पन्न ६७ औं सञ्चालक समिति बैठकले चुक्ता पूँजी चार करोड रुपैयाँको ५० प्रतिशत अर्थात दुई लाख कित्ता बोनस सेयर वितरण गर्ने र बोनसपछि कायम हुने ६ करोड रुपैयाँको दुई बराबर एक अनुपातमा तीन लाख कित्ता हकप्रद जारी गरि संस्थाको पूँजी नौं करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

केही सयमयअगाडि मात्र एक लाख २० हजार कित्ता साधारण सेयर जारी गरेको महुली लघुवित्तले गत आर्थिक बर्षमा चुक्ता पूँजी भन्दा बढी चार करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको प्रतिसेयर आम्दानी १०७ रुपैयाँ ९२ पैसा तथा जगेडा कोषमा १३ करोड ८४ लाख रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको सेयरमूल्य १६६० रुपैयाँ हाराहारीमा रहेको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।