लाभाशंको बर्षा भईरहँदा शेयरबजारमा पहिरो

Oct 08, 2017 merolagani

वित्तीय बजारमा अधिक तरलता सेयरबजारमा भने मन्दी

सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्षको कमाईबाट धमाधम लाभांश घोषणा र साधारणसभा गरिरहँदा सेयरबजार भने निरन्तर ओरालो लागेको छ । आइतबार मात्रै सेयर बजार खुलेको एक घण्टाको अवधिमा नेप्से २८ अंक बढीले ओरालो लागेको हाे ।

आइतबार बजार खुल्नासाथ ओरालो लागेको नेप्से घटेर १२  बजेसम्मको अवधिमा २८ अंकले ओरालो लागेको हाे । यसबीचमा नेप्से १.८४ प्रतिशतले घटेर १५१४.२४ अंकमा झरेको छ ।

कारोबारमा आएका सबै समूहका सूचक घटेपछि बजार ओरालो लागेको हो । यसदिन बीमा र वाणिज्य बैंक समूहमा उच्च गिरावट देखिएको छ । कारोबारमा आएका दुई कम्पनी बाहेक सबैको सेयरमूल्य घटेको छ । एक घण्टाको अवधिमा ९८ कम्पनीको ५ करोड ४२ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

सामान्यतया लाभांशको सिजनमा सेयर खरिदको चाप पर्ने गर्छ तर विगतको भन्दा ठिक उल्टो यसपालि लाभांश घोषणा र लाभांश पारित गर्न सधारणसभा आह्वान गरिरहँदा बजार भने निरन्तर ओरालो लागेको छ । कतिपय कम्पनीले साधारणसभाबाट लाभांस पारित समेत गरिसकेका छन् ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था, प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको व्यापक तयारीका लागि राजनैतिक वातावरण समेत सुध्रिदै गएको अवस्थामा सेयर बजारमा आएको गिरावटलाई लिएर लगानीकर्ता अलमलमा परेको देखिएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा राजनैतिक वृतमा देखिएको धुब्रिकरणलाई कतिपयले बजार अस्थिर देखिएको बताएका छन् । यसलाई नै कतिपयले बजार घटाउने कारण बताउने गरेका छन् । तर स्थानीय निकायको निर्वाचन अगाडि सेयरबजारमा भने उत्साह देखिएको थियो । सेयरबजारमा राजनैतिक प्रभाव पर्ने भएपनि अहिले राजनैतिक गतिविधीले सकारात्मक प्रभाव पर्नेमा नकारात्मक प्रभाव परेकोमा लगानीकर्ता भने चिन्तित देखिएका छन् ।

साथै यतिबेला बैकिङ क्षेत्रमा अधिक तरलता रहेको छ । राष्ट्र बैंकले आज मात्रै ५ अर्बको तरलताको प्रशोचन गर्देछ । राष्ट्र बैंकका अनुसार बैकिङ प्रणालीमा एक खर्ब बराबरको अधिक तरलताको अवस्था रहेको छ । तर बजारमा सेयर खरिद गर्नेहरुको भने कमी देखिएको छ । भर्खरै दशैँ मनाएर फर्किएका लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहदा पनि बजारमा सेयर खरिदको चाप घटेको हो । सेयरको माग नहुँदा बजार निरन्तर ओरालो लाग्न पुगेको छ ।

अर्कातर्फ यतिबेला थुप्रै कम्पनीहरुको हकप्रद खुलेकोकाले पनि दोस्रो बजारमा किनबेच कम देखिन्छ । यतिबेला केही कम्पनीहरुले सेयर लिलामी खुलेको छ भने सर्पोट माइक्रो फाइनान्सको आईपिओ समेत खुलेको छ । त्यस्तै यसै साता सिद्धार्थ क्यापिटलले नयाँ म्युचुल फण्ड पनि जारी गर्देछ । लगानीकर्तालाई प्राथमिक बजारले तानेकाले पनि दोस्रोबजारमा सेयरको माग कम भएको आँकलन गरिएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।