चिलिमे हाईड्राेले लाभांश बढायो,२५ प्रतिशत लाभांश प्रस्ताव

Oct 08, 2017 merolagani

चिलिमे हाईड्रोपावर कम्पनी (CHCL) ले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लाे आर्थिक बर्षमा १० प्रतिशत बोनस र १० प्रतिशत नै नगद गरि २० प्रतिशत लाभांश वितरण गरेकोमा अहिले पाँच प्रतिशतले बोनस वृद्धि गरेको हो ।

हाईड्रोपावर कम्पनीको असोज २१ गते शनिबार सम्पन्न ३३७ औं सञ्चालक समिति बैकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीकाे साधारण सभाबाट पारित भएपछि सेयरधनीलार्इ वितरण हुनेछ ।

तीन अर्ब ४४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको १५ प्रतिशत बोनस वितरणपछि तीन अर्ब ९६ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । कम्पनीले गत आवमा ९६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०३ पैसा कायम गरेको थियो । उसको नेप्सेमा प्रतिकित्ता ८२५ रुपैयाँमा आईतबार सेयर कारोबार भएको छ ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।