हालसालै संचालनमा आएको यूनियन लाइफ आईपिओ निष्कासनमा जुट्यो

Oct 09, 2017 merolagani

हालसालै संचालनमा आएको नयाँ लाइफ इन्स्योरेन्स कम्पनी यूनियन लाइफ आईपिओ निष्कासनको प्रक्रियामा जुटेको छ । जसका लागि कम्पनीले आगामी कात्तिक १३ गते पहिलो बार्षिक साधरणसभा राखेको छ। साधारणसभा बाट कम्पनीले ६४ लाख ५० हजार कित्ता आईपिओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।



कम्पनीले प्रथम वार्षिक साधारण सभा कात्तिक १३ गते, कम्पनीको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा गर्ने भएको छ । साधारण सभाको विशेष प्रस्तावमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने प्रस्ताव राखिएको छ ।

कम्पनीले दुई अर्ब चुक्तापूँजीमा ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपिओ सर्वसाधारणलाई बिक्री गर्ने भएको हो । आईपिओ निष्कासनपछि संस्थापक ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व हुनेछ ।

त्यस्तै कम्पनीको अन्य प्रस्तावमा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती अनुमोदन गर्ने र संचालक समितिको निर्वाचन गर्ने लगायत रहेका छन् ।

२ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरग्रुपको लगानी रहेको छ ।

हाल यस कम्पनीमा ३ जना मात्र रहेको सञ्चालक समिति छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन् ।

कम्पनी रजिष्टारको कार्यालयमा बैशाख २४ गते दर्ता भएको कम्पनीले बीमा समितिबाट असार २० गते इजाजत पाएको थियो । त्यस्तै असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको कम्पनी असोज ६ गतेदेखि औपचारिक रुपमा संचालनमा आएको थियो ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।