बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै सञ्चालकको भत्ता वृद्धि तथा सेवा सुविधा वृद्धि गर्ने, बैंकको प्रबन्ध पत्र तथा नियमावली संसोधन गर्ने, नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन आएमा संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र बैंकले कमाएको खुद नाफाको एक प्रतिशत रकम बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा छुट्टाई खर्च गर्न स्वीकृति दिने प्रस्ताव रहेको छ ।
कार्तिक ८ गतेदेखि २३ गतेसम्म बैंकले सेयरधनी किताब बन्द गर्ने सूचना प्रकाशित गरेकाले प्रस्तावित बोनस कार्तिक ७ गतेसम्म कायम सेयरधनीले पाउनेछन् ।
१० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड ८३ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब तीन करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा कायम गरेको थियो ।
.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................