अन्य कम्पनीहरुको लिलामीमा धेरै हिस्सा सेयर हात पार्ने गरेको संस्थागत लगानीकर्ताहरुको गोर्खाजको लिलामी सेयरमा भने आकर्षण देखिएन । तर एनआईबीएल क्यापिटलले १० ले भाग संख्यामा मात्र आवेदन गर्नुपर्ने व्यवस्था नगरेकाले अड संख्याको बोलकबोल गर्नेले समेत सेयर प्राप्त गरेका छन् ।
गोखार्ज फाईनान्सले यसअघि पनि हकप्रदमा अवितरित सेयर लिलामीमा राखेपनि सबै संस्थापक सेयर बिक्री नभएपछि दोस्रो पटक लिलाममा राखेको सेयरको बोलपत्र सोमबार खोलिएको हो ।
फाईनान्स कम्पनी सञ्चित जगेडा घाटामा रहेकाले सेयरधनीले लाभांश पाउने अवस्था भने छैन । जसकोसाधारण सेयर असोज १८ गते अन्तिम पटक नेप्सेमा १९४ रुपैयाँमा कारोबार बन्द भएको छ ।
.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................