गरिमा विकास बैंकले संस्थापक सेयर बेच्ने

Oct 10, 2017 merolagani

गरिमा विकास बैंकका केही संस्थापक सेयरधनीले आफ्नो सेयर विक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले संस्थापक सेयर विक्री गर्न सूचना प्रकाशित गरेको छ ।

गरिमाले संस्थापक सेयरधनीले कति कित्ता सेयर बिक्री गर्न निवेदन दिएका हुन् भन्ने खुलाएको छैन । बैंकले विक्रीमा ल्याएको संस्थापक सेयर हाल कायम रहेका बैंकका संस्थापक सेयरधनीले मात्र किन्न पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले असोज २४ गतेदेखि ३५ दिन भित्र अर्थात कात्तिक २७ गते भित्र बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा कित्ता र मूल्य अंकित गरि निवेदन दिन सक्नेछन् ।

हाल कायम रहेका संस्थापकहरुले सो सेयर नकिनेमा भने बैंकले सर्वसाधारणले किन्न पाउने गरि फेरी लिलामीमा ल्याउनेछ ।

 

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।