डिप्रोक्स लघुवित्तको सेयर बेच्ने नेपाल बैंकको योजना यसरी भयो असफल

Oct 10, 2017 Merolagani

नेपाल बैंक (NBL) ले आफ्नो स्वामित्वमा रहेको डिप्रोक्स लघुवित्तको सेयर दोस्रो पटक लिलाममा राखे पनि बजार घटेका कारण सेयर बिक्री हुन सकेन । न्युनतम एक हजार दुई सय रुपैंया मूल्य राखेर पहिलो पटक केही सेयर बेचेको नेपाल बैंकले दोस्रो पटक भने दुई हजार कित्ता मात्र सेयर बेच्न सफल भएको हो ।

दोस्रो बजारमा नै डिप्रोक्स लघुवित्तको सेयर मूल्य एक हजार दुई सय रुपैंयाभन्दा तल झरे पछि नेपाल बैंकले लिलाममा राखेको ५१ हजार ७५८ कित्ता साधारण सेयर बिक्री नभएको हो । लिलाम प्रकृयामा एक हजार दुई सय रुपैंया भन्दा कम मूल्य कबुल गरेर तीन हजार कित्ता सेयर माग गरिएको थियो । यस बाहेक दुई हजार कित्ता सेयर माग गर्नेले एक हजार दुई सय रुपैंयाभन्दा माथिको मूल्यमा सेयर माग गरेका थिए ।

सेयर बिक्री प्रबन्धकको जिम्मेवारी पाएको सिद्धार्थ क्यापिटलका अनुसार ५१ हजार ७५८ कित्ता मध्ये दुई हजार कित्ता सेयर मात्र बिक्री भएको छ । बाँकी ४९ हजार ७५८ कित्ता सेयर अब नेपाल बैंकले फेरी बिक्री गर्छ वा गर्दैन भन्ने चासो पनि बढेको छ । यसले न्युनतम मूल्य घटाएर बिक्री गर्न चाहेको खण्डमा भने सेयर बिक्री हुन सक्छ ।

यसअघि असोज ४ गतेसम्म एक लाख ८० हजार ३७८ कित्ता साधारण सेयर लिलाममा राखिएकोमा ५१ हजार ७५८ कित्ता सेयर बिक्री भएको थिएन । गत आइतबार दोस्रो बजारमा प्रतिकित्ता १२६६ रुपैयाँमा किनबेच भएको लघुवित्तको सेयर सोमबार ११८५ रुपैंयामा किनबेच भएको थियो । मंगलबार १६ रुपैंयाले बढेर लघुवित्तको प्रतिकित्ता सेयर १२०१ रुपैंयामा किनबेच भएको छ ।

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।