सेयर बेचेरै सबल बन्ने नेपाल बैंकको योजनामा किन लाग्यो ब्रेक ?

Oct 10, 2017 Merolagani

- परमेश्वर अधिकारी
एक पछि अर्को गर्दै नेपाल बैंकले लिलाममा राखेका सेयर बिक्री नभएका खबरहरु आएका छन् । बैंकले ठुलो संख्यामा बिक्री गर्न खाजेको नागरिक लगानी कोषको सेयरका लागि एउटा पनि आवेदन नपरे पछि उसको जगेडा कोष बलियो बनाउने योजना तत्काललाई प्रभावित बनेको छ ।

चुक्ता पूँजी आठ अर्ब पुर्याए पनि जगेडा कोषको अवस्था कमजोर रहेको बैंकले लाभांस वितरण गर्न सक्ने हैसियत बनाउन धमाधम आफ्नो स्वामित्वमा रहेका सेयर लिलाममा राखेको थियो । तर बजार घटाईले तिब्र रुप लिए पछि बैंकले लिलाममा राखेको सेयर बिक्री हुन नसकेको हो ।

बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको दुई लाख ११ हजार ५१५ कित्ता सेयर लिलाममा राखेको थियो । न्युनतम तीन हजार ५० रुपैंया प्रतिकित्ताका दरले लिलाममा राखेको थियो । बैंकको यो सेयर बिक्री भएको भए ६४ करोड ५२ लाख हाराहारी आम्दानी गर्दथ्यो ।

सेयर लिलामीको जिम्मेवारी पाएको सिद्धार्थ क्यापिटलका अनुसार बैंकले लिलाममा राखेको सेयरमा बीमा तथा वित्तीय संस्थाले मात्र आवेदन गर्न पाउने व्यवस्था थियो । केही दिनदेखि बजार तिब्र गतिमा तल झर्दै गर्दा बीमा तथा वित्तीय संस्थाले सेयर लिलामीमा सहभागिता नजाएका हुन् ।

दोस्रो बजारमा सेयर मूल्य तीन हजार छ सय रुपैंया हाराहारीमा छ । सेयरमा आवेदन गर्न चाहने बीमा कम्पनी तथा वित्तीय संस्थाले घट्दो बजारमा महंगो मूल्यमा सेयर लिलाममा आएकाले आवेदन नगरेको बुझिएको छ । मेरोलगानीसँगको कु्राकानीमा एक बीमा कम्पनीका उच्च अधिकारीले महंगो मूल्यमा लिलाम गरिएका कारण आफुहरु लिलाम प्रकृयामा सहभागि नभएको बताए । उनले बजार घट्दो अवस्थामा रहँदा दोस्रो बजारमा नै लिलामको मूल्यमा सेयर किन्ने अवसर आउने सम्भावना भएकाले आवेदन नगरिएको बताए ।

उता डिप्रेक्स लघुवित्तको पनि ४९ हजार कित्ताभन्दा धेरै सेयर बिक्री नहुँदा उसको झण्डै छ करोड रुपैंया आम्दानी गर्ने योजना तत्काललाई प्रभावित बनेको हो ।

डिप्रोक्स लघुवित्तको सेयर बेच्ने नेपाल बैंकको योजना यसरी भयो असफल

अब बैंकले डिप्रोक्सको बाँकी रहेको सेयरका साथै नागरिक लगानी कोषको सेयरको मूल्य घटाएर फेरी लिलाम गर्छ कि गर्दैन लगानीकर्ताको चासोको विषय बनेको छ ।

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।