सानिमा बैंकले खोल्यो गौशालामा ४७ औं शाखा

Oct 11, 2017 Merolagani

सानिमा बैंकले बुधबार काठमाडौंको गौशालामा ४७ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । शाखाको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक कलाकारद्वय मह जोडीद्वारा संयुक्त रुपमा गरेका हुन् ।

शाखा उद्घाटन गर्दे सानिमा बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठले समस्त ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दे बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थपिएको शाखाबाट ग्राहकहरुलाई गुणस्तरीय सेवा पु-याउने प्रतिबद्धता व्यक्त गरे । मह जोडीले बैंकलाई सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

बैंकले थपिएको शाखासँगै अब ४७ शाखा सञ्जाल तथा ५३ वटा ए.टि.एम.बाट आफ्ना ग्राहकमा सेवा पुर्याउनेछ । बैंकले गत आर्थिक बर्षमा १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।