नवनियुक्त नेप्सेका प्रमुखलाई भेटेर सेयर ब्रोकरहरुले के भने ?

Oct 12, 2017 merolagani

नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई नेपाल स्टक ब्रोकर एशोसिएसनले विहीबार भेटगरी बधाई तथा शुभकामना दिएको छ । भेटका अवसरमा ब्रोकर एशोसिएनका पदाधिकारीले तत्काल अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउन तथा कारोबार विनियावली संशोधन गर्न सुझाब दिएका छन् ।



स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले साउदलाई भेटी बधाई तथा शुभकामना दिनुका साथै अनलाइन कारोबार प्रणाली छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन ध्यानकर्षण गराएको बताए । 'हामीले उहाँलाई 'पूँजीबजारको दिगो विकास र लगानीकर्ताको हित संरक्षणका लागि सबैपक्षसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्यौ । साथै अहिलेको कारोबार विनियावलीलाई समय सापेक्ष संशोधन गर्न समेत सुझाब दियौ', रेग्मीले भने ।

ब्रोकर एशोसिएसनका पदाधिकारीहरुसँगको भेटमा नवनियुक्त कार्यकारी साउदले पूँजी बजारको विकासका लागी सरोकारवाला सबै पक्षसँग छलफल र सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उनले बजारको विकासका लागि नै आफु आएकाले जतिसक्दो छिटो अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याउनका साथै थाति रहेका बजार विकास र विस्तारका कार्यलाई अगाडि बढाउन कटिबद्ध रहेको जानकारी गराउनका साथै बजारलाई स्वच्छ र पारदर्शी बनाउँदै लगानीकर्ताको हितसंरक्षण गर्न प्रतिबद्ध रहेको बताएको एशोसिएसनका अधिकारीले मेरो लगानीलाई जानकारी दिए ।

मन्त्रिपरिषदको गत सोमबारको बैठकले साउदलाई आगमी चार बर्षीय कार्यकालका लागि (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

 

.................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।