लगानीकर्ताको खबरदारी पश्चात चिलिमे हाईड्रोपावरले सच्यायो बुकक्लोज मिति

Oct 13, 2017 merolagani

कम्पनीहरुले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने सवालमा गर्दे आएका मनलाग्दी अब नचल्ने भएको छ । लगानीकर्ताहरुले खबरदारी गर्ने हो भने कम्पनीहरु आफुले गरेको गल्तीको सम्बोधन गर्न कसरी बाध्य हुन्छन् भन्ने उदाहरण चिलिमे (CHCL) ले प्रस्तुत गरेको छ ।

कम्पनीले असोज २७ गते शुक्रबार प्रकाशित गरेको सूचनामा असोज २५ गते प्रकाशित सूचनामा सेयर दाखिला खारेजिको मिति संसाेधन गरेकाे हाे । कम्पनीले सेयर दाखिला खारेजिको मिति कार्तिक ६ गतेदेखि २४ गतेसम्म हुनुपर्ने तथा आर्थिक बर्ष २०७४/ ७५को लेखापरिक्षकको नियुक्ति हुनुपर्नेमा भुलवश अन्यथा हुन गएकाले सच्चाईएको व्यहोरा सेयरधनी तथा सरोकारवालाको जानकारी गराउने कम्पनीले उल्लेख गरेको छ । 

चिलिमे हाईड्रोपावर कम्पनीले यसअघि कार्तिक २४ गते ११ बजे भुकुटीमण्डपमा बोलाएको २१ औं साधारण सभाका लागि सेयर दाखिला (बुक क्लोज) मिति शुक्रबार संसोधन गरेर सूचना प्रकाशित गरेको छ । कम्पनीले यसअघि असोज २५ गते गोरखापत्र दैनिकमा असोज २७ गते सेयरधनी किताब बन्द गर्ने मिति तोकि नेप्सेमा असोज २७ गतेमात्र सूचना दिएको थियो । अब भने कम्पनीले कार्तिक ६ गतेसेयर दाखिला खारेज गर्नेगरि गल्ती संसोधन गरेको हो ।

अहिले धेरैजसो कम्पनीले अघिल्लो दिन नेप्सेले जानकारी दिएर भोलिपल्ट मात्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्ने गरेको छन् । केहीले सोहि दिन पनि पनि जानकारी दिने गरेका छन् ।  चिलिमेले भने एक दिनअघि सूचना प्रकाशित गरेर भाेलिपल्ट असोज २६ गतेमात्र सेयर दाखिला बन्दको जानकारी  नेप्सेमा गराएर  नियम उलङ्घन गरेको थियाे । 

धितोपत्र बोर्डले जारी गरेको बोनस सेयर सम्बन्धी निर्देशन २०६७ को परिच्छेद ३ मा रहेको सेयर दाखिला बन्दको कानुनी व्यवस्थामा भने बोनस वितरणका लागि साधारणसभा आह्वान गर्दाको सूचनामा सेयरधनी दर्ता किताब बन्दको मिति उल्लेख हुनुपर्ने व्यवस्था रहेको छ ।

मूल्य प्रभावित हुने यस्ता सूचनामा कम्पनीहरुले पटक पटक गल्ति गर्दा लगानीकर्ताले मारमा पर्ने गरेका छन् । चिलिमेको हकमा पनि विहीबार कम्पनीको लाभांश सूरक्षित गर्न सेयर किनेका लागानीकर्ताले आईतबारदेखि विहीबारको भन्दा चिलिमेको सेयरमूलय घट्न थाल्यो भने घाटा व्यहोर्नेछन् । पछाडी किन्ने लगानीकर्ताले थोरै मूल्यमा सेयर किनेर नै लाभांश पाने अवस्था आउनेछ ।

विहीबार कम्पनीको सेयरमूल्य १० रुपैयाँ घटेपनि लाभांशको सूरक्षित गर्न ७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।