विजय लघुवित्तले एक करोड ६१ लाख रुपैयाँको बोनस बाँड्ने

Oct 13, 2017 Merolagani

विजय लघुवित्त (VLBS) ले सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक बर्ष कमाएको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस तथा पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको विहीबार बसेको सञ्चालक समितिको ७५ औं बैठकले सो लाभांश प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने निर्णय गरेको कम्पनीले नेप्सेलार्इ  शुक्रबार जानकारी गराएकाे हाे । प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र सेयरधनीले पाउनेछन् । लघुवित्तले साधारण सभाको मिति भने तोकिसकेको छैन ।

१६ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले एक करोड ६१ लाख रुपैयाँ बराबरको बोनस बाँड्ने भएको हो । बोनसपछि लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ पुग्नेछ । साथै चुक्ता पूँजीको पाँच प्रतिशत बराबरको ८० लाख ५० हजार रुपैयाँको नगद लाभांश समेत वितरण गर्नेछ ।

विजय लघुवित्तले गत आर्थिक वर्षमा तीन करोड १७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७४ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य विहीबार प्रतिकित्ता १२७१ रुपैयाँ रहेको छ ।

 

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।