गुहेश्वरी मर्चेण्टको सेयर मूल्य समायोजन

Oct 13, 2017 Merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिगं एण्ड फाइनान्स (GMFIL) को शुक्रवार सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद सेयरको बुक क्लोजपछि सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीको हकप्रदलाई समायोजन गरि २०६ रुपैयाँ मूल्य निर्धारण भएको जनाएको छ । यसअनुसार फाईनान्सको सेयर कारोबार आईतबार २०६ रुपैयाँ खुला हुनेछ । कम्पनीको औसत आधारमूल्य भने २३२ रुपैयाँ रहेको छ ।

फाईनान्स कम्पनीले १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गर्न लागेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि फाईनान्सकाे चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ । असोज २६ गते विहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका तथा साविक शेयरधनीहरुले यस हकप्रदको लागि आवेदन दिन सक्नेछन् ।

 

................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।