यस साता नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २० हजार ८ कारोबारबाट एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरका ३९ लाख ४३ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आईपुगेको छ ।
यस साता कारोबार रकम (१३ करोड ५६ लाख ३० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ६२ हजार कित्ता) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (११२२ वटा) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
................. सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर ..................
.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य ..................